कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने, एमाले तथा कांग्रेसले बिस्वासको मत दिने

Share:

विराटनगर । कोशी प्रदेशमा गत शनिबार नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले आज बिश्वासको मत लिने भएका छन्। शेखर कोइराला समूहका मानिने कार्कीले एमालेका ३९ र कांग्रेसका ८ जना गरी जम्मा ४७ जनाको समर्थन पाएका थिए ।

बुधवार बिहान विराटनगरमा बसेको नेकपा एमाले कोशी संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ भने बुधबारनै बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले समेत कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो। यो संगै कार्कीले सजिलै बिस्वासको मत प्राप्त गर्ने देखिएको छ।

केहि समय अगाडी कोशी प्रदेशकै बिराटनगरमा प्रदेश खारेजीको माग राखी अगाडी बढेको समाजलाई मध्यनजर गर्दा कार्कीको कार्यकाल भने सजिलो नहुन सक्छ।

कमेन्ट गर्नुहोस्