
काठमाडौँ । राज्यले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ‘रिगल’ भनिने नेपालगन्जका योगराज ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकेको छ । यस अघि दुई पटक पेशी तोकिए पनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको थिएन।
आरोपित योगराज ढकाल ‘रिगल’को खुकुरी प्रहारबाट २०७२ असार २९ मा नेपालगन्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु भएको थियो भने घटनापछि भागेर भारतमा लुकी बसेका रिगललाई प्रहरीले भारत बाट पक्राउ गरि नेपाल ल्याएको थियो ।
कमेन्ट गर्नुहोस्







