![](https://godawarikhabar.com/wp-content/uploads/2023/08/shekhar-koirala-653x375.jpg)
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् ।
आज शनिबार चितवनमा कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टीविरुद्ध पनि बिभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका हुन् ।
कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्