
काठमाडौँ । कोशी प्रदेशका पुर्व मुख्यमन्त्री हिक्मत कार्की ले दायर गरेको वर्तमान मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्धको रिटको सुनुवाई गरिरहेको सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने भएको छ।
पूर्ण इजलासका न्यायाधीशहरु सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीले फुटेज हेर्ने भएका हुन् । नेपालमा निकै कम अभ्यासमा रहेको अदालतले भिडिओ हेर्ने कार्य इजलासमै हेर्ने व्यवस्था मिलाइएको छ ।
गत भदौ ४ मा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका संसद इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गरेका थिए ।
कमेन्ट गर्नुहोस्







