
काठमाडौँ । संघीय संसदको संसदीय समितिमा नयाँ नेतृत्व चयन पश्चात समितिहरु अन्तर्गतका काम कारबाहीहरु अघि बढ्न थालेका छन् । गत हप्ता नयाँ नेतृत्व चयन भए पछि समितिका बैठकहरू धमाधम बस्न सुरू गरेका छन् ।
संघीय संसद सचिवालयका अनुसार मंगलवार मात्रै पाँचवटा समितिको बैठक बस्दैछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिसहित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक सिंहदरबारस्थित संसद सचिवालय भवन, सिंहदरबारमा बस्नेछ ।
कमेन्ट गर्नुहोस्