एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै, खेलाडीलाई पुरस्कारको घोषणा

Share:

काठमाडौँ । एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। खेल अगावै नै विभिन्न संघ संस्था हरुले  खेलाडीहरुलाई  पुरस्ककारको घोषणा गरेका छन्  ।

शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै, चार विकेट लिने खेलाडीलाई पनि जनही एक/एक लाख दिने भएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा भारतविरुद्ध शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

नगरपािलका मेयर रणबहादुर महराले शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई मात्रै सम्मान गर्ने  बताएका छन् ।
मदिराजन्य कारोबार गर्दै आएको अर्ना वियरले पनि नेपाली क्रिकेट टिमका खेलाडीले भारतविरुद्ध जति छक्का प्रहार गर्छन, त्यति नै लाख रुपैयाँ पाउने र जति विकेट लिन सक्छन, त्यति नै लाख पाउने घोषणा गरेको छ । याे घाेषणा भारतविरुद्ध नेपालकाे खेलमा मात्रै प्रदान गर्ने बताएकाे हाे । याे पुरस्कार जसले चाैका, छक्का प्रहार गर्छ र जसले विकेट लिन्छ, उही खेलाडीले मात्रै प्राप्त गर्ने अर्ना वियरले जनाएकाे छ ।

त्यस्तै प्रत्येक चौकाबराबर २५ हजार रुपैयाँ प्रदान गर्ने अर्ना वियरले जनाएको छ । अर्ना वियरले नेपाली टिमलाई हौसला प्रदान गर्न उक्त रकम दिने घोषणा गरेको हो । कम्पनीले उक्त रकम जसले छक्का, चौका वा विकेट लिएको हो उसैले तोकिएको रकम प्रदान गर्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्