नासाले सार्वजनिक गर्यो वृहस्पति ग्रहको ताजा तस्बिरहरु

Share:

नासाको जुनो मिसन अन्तर्गत प्रक्षेपित जुनो अन्तरिक्ष यान बृहस्पति ग्रहको नजिक पुगेको छ । यानले ग्रहको करिब तेइस हजार पाँच सय किलोमिटरको दुरी बाट लिएको तस्बिरहरु नासाले सार्वजनिक गरेको छ । उक्त चित्रहरुमा सौर्यमण्डलकै सबैभन्दा ठुलो ग्रह वृहस्पति अद्भुत रहेको देखिएको छ । उक्त चित्रहरुमा वृहस्पतिको आसपास कयौ शक्तिशाली तुफान र धुलोबाट बनेका आश्चर्यजनक आकृतिहरू देख्न सकिन्छ ।

नासाका अनुसार जुनो अंतरिक्ष यानले जुलाई २०१९ मा बृहस्पति परिक्रमाको क्रममा ग्रहको उत्तरी गोलार्धमा लिएको फोटो सार्वजनिक गरिएको हो। पोस्टमा जानकारी दिइए अनुसार जुनो यान सन् २०१६ मा बृहस्पति नजिक पुगेको थियो। यसको उद्देश्य ग्रह र यसका चंद्रमा हरुको अध्ययन र जीवन खोज्ने रहेको छ । यसले वृहस्पतिको बायुमंडल, आन्तरिक संरचना, आन्तरिक चुम्बकीय क्षेत्र र यसको अन्तरिक चुम्बकत्व द्वारा निर्मित आसपासका क्षेत्र इत्यादिका बारेमा जानकारी प्राप्त गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्