काठमाडौँ । बालुवाटार स्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका ३११ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्र ८ सय ३३ पृष्ठ लामो रहेको छ।
प्रकरणमा जोडिएका भनिएका २३९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी अभियोगपत्रमा गरिएको छ। जग्गा फिर्ता गरि सकेका हरुबाट भने बिगो मागदाबी गरिएको छैन ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रमा सीआईबीले अनुसन्धान गरेर बुझाएको फाइलमा केही संशोधन भने सरकारी वकिलको कार्यालयले गरि मुद्दा दर्ता गरेको हो ।
पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला ——>> Lalita Niwash aviyog
कमेन्ट गर्नुहोस्