
काठमाडौँ । राजस्व अनुसन्धान विभागले गत श्रावण महिनामा बरामद गरेपश्चात खुलेको सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्टरपोलको सहयोग मागेको छ।
हङकङबाट तस्करले नेपाल भित्र्याएको सुन तस्करीमा चिनियाँ र भारतीय नागरिक पनि जोडिएको अनुसन्धान पश्चात सीआईबीले संलग्न देशका प्रहरीसंग समन्वयन गरिरहेको भएपनि अब इन्टरपोल मार्फत सहयोग खोजेको हो। सुन तस्करीमा संलग्न केही चिनियाँ देश फर्किसकेको अनुसन्धान बाट थाहा भएकोले इन्टरपोल मार्फत अभियुक्तहरुलाई नेपाल ल्याउने ब्युरोको तयारी देखिएको छ ।
भारतमा सुन तस्करीको अभियोगमा पक्राउ परि सजाय समेत भुक्तान पश्चात छुटेकाहरु पनि नेपालमा सुन तस्करीमा संलग्न रहेको पाइएपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीले भारतीय प्रहरीसँग पनि छुट्टै समन्वय गरिरहेको बताइएको छ।







