
काठमाडौँ । भादगाउँ भनेर समेत चिनिने भक्तपुर जिल्लाको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनहरुले शिला छोएर पूजा गर्न पाइने भएको छ । डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर मानिएको छ ।
गत श्रावण १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी शुरु भएको श्रावणी मेला आज विशेष पूजाअर्चना गरी मेलाको समापन समेत गरिने भएको छ ।
डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले भदौ ६ गते (डोलेश्वरलाई केदारनाथको शिर भएको घोषणा गरिएको दिन), महाशिवरात्रि र अक्षय तृतीया गरि बर्षको ३ दिन मन्दिरको चारै ढोका खुला राखी भक्तजनहरुले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्







