नेवार समुदायको ‘गुँला पर्व’ आजबाट सुरु

Share:

काठमाडौँ । बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ । यो पर्व बौद्ध विहार तथा चैत्यको परिक्रमा गरेर एक महिनासम्म मनाउने गरिन्छ ।

वर्षभरी दिवंगत भएका आफन्तहरुको सद्गति होस् भन्ने कामना गर्दै आफन्तजनले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको बाजा बजाइ परिक्रमा गरेर यो पर्व मनाउने गरिएको छ । नेपाल भाषा पनि भनिने नेवारी भाषामा ‘गूँ’को अर्थ १० तथा ‘ला’को अर्थ महिना भन्ने हुन्छ  बिभुति शंखधर शाख्वा बाट प्रणित नेपाल संवतको दशौ महिनामा पर्ने यो पर्वलाई नेवारी भाषामा दश महिनामा मनाउने पर्व भानिएको हो ।

विशेषगरी जङ्गली अर्ना भैँसीको सिङबाट तयार गरिने दुर्लभ मानिने न्याकुबाजा थिमिमा करीब दुई दशकपछि प्रयोगमा ल्याइने भएको छ । यसका साथै यस वर्ष चतीबाजा (भेँडाको सिङबाट बनेको बाजा) धाःबाजा, भुस्याः, धिमेलगायतका बाजाहरु प्रयोगमा ल्याइने बताइएको छ ।

उपत्यकामा रहेको बौध्द क्षेत्रहरुमा दर्शनार्थीहरुको भिड बढेको छ भने स्वयम्भू महाचैत्यमा मेला लागेको छ । काभ्रेको नमोबुद्ध, काठमाडौँस्थित बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ ।

कमेन्ट गर्नुहोस्