प्रस्तावित शिक्षा विधेयकको बिरोधमा निजी विद्यालय संचालक, आन्दोलनको घोषणा

Share:

काठमाडौं । सरकारले मन्त्रिपरिषदबाट समेत पारित गरी प्रतिनिधीसभामा पेश गर्न लागेको प्रस्तावित शिक्षा विधेयकमा रहेका केही व्यवस्थाहरुको निजी विद्यालय संचालकहरु असन्तुष्ट बनेका छन् ।

मंगलबार सरोकार राख्ने तिन संस्थाहरु काठमाडौंमा हिसान, प्याब्सन र यन प्याब्सनले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले छलफल विना नै विधेयक ल्याउन लागेको भन्दै हिसानका अध्यक्ष रमेश सिलवाल, प्याबसनका अध्यक्ष डि.के. ढुङ्गाना र यनप्याबसनका अध्यक्ष पाण्डव हमालबाट हस्ताक्षरित संयुक्त बिज्ञप्ती जारी गरी आन्दोलन समेतको घोषणा गरेका छन् ।

समारोहमा श्रावण २४ गते पालिका, जिल्ला प्रशासन कार्यालय, सरोकार वाला शिक्षा निकाय तथा प्रदेशका सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने, श्रावण २५ गते विधेयकको विरोधमा माईतिघर मण्डलामा प्रर्दशन, श्रावण २६ गते सरोकारवालाहरु संग अन्तक्रिया गर्ने तथा श्रावण २७ गते कार्यक्रमको समिक्षा गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । श्रावण २७ गते सम्म पनि सरकारबाट माग सम्बोधन नभएमा श्रावण २८ गते देखी अनिश्चितकालिन विद्यालय बन्द गर्ने चेतावनी रहेको छ ।

शैक्षिक प्रतिष्ठान अन्र्तगत चलाइएको निजी विद्यालयहरुलाई तत्कालिन सरकारले कम्पनी, गुठी वा सहकारी अन्र्तगतको प्रावधान अनुसार चलाउन भनेकोमा संचालकहरुले कम्पनीको रुपमा दर्ता गरी संचालन गर्दैआएका छन् । सरकारले ल्याएको विधेयकमा हाल कम्पनी अन्तर्गत दर्ता भई संचालनमा रहेका विद्यालयहरु ५ वर्षभित्र गैह्रनाफामुलक गुठी अन्तर्गत संचालन गर्नुपर्ने प्रावधान रहेकोमा निजी विद्यालय संचालकहरुको आपत्ति रहेको हो ।

कमेन्ट गर्नुहोस्