उपत्यकामा बाढी, कयौ डुबानमा

Share:

काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका केहि क्षेत्रहरु डुबानमा परेको छ । उपत्यकाका बागमती, विष्णुमति, हनुमन्ते लगायतका नदीहरुमा बढेको पानीको बहावले  डुबानमा परेको हो । ऐलेसम्म मानबिय क्षती भने नभएको खबर प्राप्त भएको छ ।

मौसम बिज्ञान विभागले भने आज दिउसो देखि मौसम क्रमशः सुधारोन्मुख रहने जनाएको छ ।

काठमाडौँ

भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान करिब ६ बजे तरकारी बजारमा बाढी पसेको थियो ।

धोबी खोला को बहाव उच्च रहेकोले अनामनगर लगायतका केहि क्षेत्रहरु डुबानमा परेको छ । खोलाको बहाव करिडोरको सडक हुँदै बगेको छ ।

नयाँ बसपार्क क्षेत्रमा पनि डुबानमा छ । सोमबारदेखिको अविरल झरीका कारण बसपार्क आसपासको विष्णुमती क्षेत्र डुबानमा परेको हो ।

बिहानैदेखि सामाखुसी क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुर

बागमती नदि आसपासका केहि क्षेत्रहरुमा नदि बहेको छ ।

भक्तपुर

हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा हनुमानघाट क्षेत्र डुबानमा परेको छ । भक्तपुरकै सिद्धि स्मृति अस्पताल जलमग्न छ । बाराहीस्थान लगायत क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् ।

कमेन्ट गर्नुहोस्