नागढुंगा–नौबिसे सुरुङ मार्ग ‘रेस्क्यु टनेल’को ‘ब्रेक थ्रू’

Share:

काठमाडौं । निर्माण सुरु भएको झन्डै चार वर्षपछि नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा सोमबार टनेलको ब्रेक थ्रु गरेका हुन्।

टनेलको ब्रेक थ्रू गर्नुअघि नेपाली र जापानी पुजा विधिद्वारा पुजाअर्चना गरिएको थियो । कार्यक्रममा मन्त्री ज्वालाले जापान सरकार र राजदूत किकुता युतकालाई विशेष धन्यवाद दिए । उनले रेस्क्यु टनेल ब्रेक थ्रू हुनु ठूलो प्रगति भएको बताउँदै मुख्य टनेल एक वर्षभित्रै ब्रेक थ्रू हुने बताए ।

त्यस्तै जापानी राजदूत किकुताले नेपालका लागि यो सहयोगले आपसी सम्बन्ध झन् प्रगाढ हुने बताए । उनले यो सुरुङ मार्गमार्फत नेपालले सवारी आवागमनमा भोग्दै आएको समस्या केहि हदसम्म समाधान हुने बताए।

२.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको बताइएको छ । सो आयोजनाको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्