काठमाडौँ : एक क्विन्टल भन्दा धेरै भनिएको सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आजदेखि अनुसन्धान थालेको छ।
ऐले सम्म राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको यो प्रकरण समुहगत भएको आशंका गर्दै आइतबार फाइल हस्तान्तरण गरेसँगै सिआइबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत नियुक्त गरेर औपचारिक रुपमा अनुसन्धान शुरु गरेको हो।
विमानस्थल भन्सार कार्यालय अगाडिबाट साउन ३ गते सुन बरामद गरि अनुसन्धानको क्रममा हालसम्म १८ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले आफुले नियन्त्रणमा लिएका सबैलाई आइतबारनै सिआइबीको हिरासतमा सारिएको छ ।
कमेन्ट गर्नुहोस्