
काठमाडौँ । विश्व सम्पदाको रुपमा रहेको ललितपुर जिल्लाको मंगलबजार स्थित दरबार क्षेत्रका सम्पदामा बस्न ललितपुर महानगरले निषेध गरेको छ । मन्दिरमा बसेर बटुवाहरुलाईनै अप्ठ्यारो पार्ने गरि युवा युवतीहरु अंगालो हाल्ने, काखमा बस्ने, चुम्बन गर्ने जस्ता अवान्छित गतिविधि देखिने गरेको स्थानीयको गुनासोपछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
प्रमुख हाछेथुका अनुसार हिजो शनिबार देखि पाटनका दरवार परिसरका विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरिएको र अन्य मन्दिरहरूमा पनि क्रमशः निषेध गरिने क्रममा रहेको उनले जानकारी दिए । पालिकाले बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मको लागि मन्दिरहरूमा नगर-प्रहरी खटाउने छ भने ८ बजे देखि बेलुकी ११ बजेसम्म मोबाइल प्रहरी खटाउने भएको छ ।







