
काठमाडौँ । प्रधानन्यायाधिश हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएकोले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कायम मुकायम प्रधानन्यायाधिशको जिम्मेबारीमा रहने भएका छन् ।
सर्वोच्च मा हाल बहाल रहेका १४ जना न्यायाधीशमध्ये वरिष्ठतम् न्यायाधीशको हैसियतले न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको रुपमा स्वत: न्यायपालिकाको नेतृत्व पाएका हुन्।
साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिसकेको छ र उनी सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीश बन्ने छन्।
कमेन्ट गर्नुहोस्







