राप्रपाको नौलो कदम, नेता बन्न युवा संग मागियो आवेदन

Share:

काठमाडौँ । नवीन राप्रपा अवधारणा भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले नौलो प्रयोग गर्न लागेको छ जसअनुसार ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान आवेदन माग गरेको छ।

देशभर बाट २० जनालाई केन्द्रीय सदस्यको रुपमा भित्र्याउन राप्रपाले नया सोच भएका युवासँग आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना सहित आगामी भदौ पहिलो सातासम्म पार्टी केन्द्रमा पठाउन आहवान गरेको छ ।

प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेण्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरि मागिएको आवेदन बाट छनौट हुने उमेद्वार सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान उम्मेदवारलाई उनीहरूको कार्ययोजनाका आधारमा छनोट गरिने जनाइएको छ।

पार्टी नेतृत्व पंक्तिले आफ्ना र नजिककालाई मात्रै अवसर दिने गरेको आरोप लाग्दै आएकोमा राप्रपाको यो नौलो कदमको जनाताहरु बाट सकारात्मक कदम भएको सुनिन थालेको छ ।

कमेन्ट गर्नुहोस्