चितवनमा बस र ट्रक एकापसमा ठोक्कियो, ३० जना घाइते

Share:

काठमाडौँ, ९ साउन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चौधकिलोमा बस र ट्रक एकआपसमा जुध्न पुग्दा ३० जना घाइते भएका छन् । दुर्घटना चितवन जिल्लाको भरतपुर महानगरपालिका-२९ स्थित चौधकिलो पुलमा भएको हो ।

आज बिहान मुग्लिनबाट नारायणगढतर्फ आउदै ना६ख ४९४२ नम्बरको ट्रक र नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको रा१८ख २२३६ नम्बरको बस एकआपसमा जुध्न गएर दुर्घटनाग्रस्त भएको हो ।

घाइतेहरुलाई उपचारार्थ चितवन मेडिकल कलेज लगायतमा लागिएको र दुइ जनाको अवस्था गम्भीर रहेको जी.प्र.का. चितवनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्