
इटालीको रोम सहरमा रहेको विश्व खाद्य संगठनको मुख्यालयमा नवनिर्मित बंगबंधु शेख मुजिब कक्षमा भेटबार्ता गर्दै बंगलादेशकी प्रधानमन्त्री सेख हसिना ले नेपाली प्रतिनिधिमंडल संग बंगलादेशमा नवनिर्मित पाएरा बन्दरगाह प्रयोग गर्न आवाहन गरेको खबर छ ।
भेटबार्ता लगत्तै संचार जगत संग कुरा गर्दै बंगलादेशका विदेश मन्त्री ए के अब्दुल मोमेनले उक्त जानकारी दिएका हुन्।
बंगलादेशले चाल्ना र चित्तागोंग बन्दरगाह नेपालको प्रयोगको निम्ति पहिलै खुला गरिसकेकोमा अब पाएरा बन्दरगाह पनि प्रयोग गर्न खुला रहेको बताएका हुन् ।
उक्त अवसरमा नेपाली प्रधानमन्त्री प्रचण्डले बंगलादेशलाई बिद्युत को प्रस्ताव दिएकोमा प्रधानमन्त्री हसिनाले नेपाल भारत र बंगलादेश बीचको त्रिपक्षीय उर्जा समझदारी संगै ४० मेघावाट आयात गरि सुरुवात गरि थप समजदारी हुदै जाने विश्वास लिएको जनाइएको छ भने प्रधानमन्त्री प्रचण्डले चिकित्साशास्त्र अध्ययन गरिरहेका बिद्यार्थीहरुका बिषयमा पनि चासो राखेको बंगलादेशी संचारमाध्यमहरुले जनाएका छन् ।