
२०८० श्रावण ६ गते काठमाडौं । सय किलो सुन तस्करीको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थप गरेको छ । आरोपी चार जनालाई शुक्रबार उच्च अदालत पाटनमा पेश गरि अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न ९ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । यसरी म्याद थप गरिएकामा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालक राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएकाले म्याद थप गर्न सकिएको थिएन ।
कमेन्ट गर्नुहोस्







