धरानमा गोली प्रहार गरी एक युवकको हत्या

Share:

विराटनगर । सुनसरीको धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट घाइते भएका चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। मूलघाटबाट विराटनगर जाँदै थिए ।

चौधरीको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्