माछापुच्छ्रे बन्यो क्युआरमा भ्वाईस बक्स प्रविधि ल्याउने पहिलो बैंक

Share:
class=’uk-hidden@l bg-white uk-sticky uk-active uk-sticky-below uk-sticky-fixed’>

class=’uk-width-1-3@m uk-text-center uk-width-expand’>काठमाडौं ।  डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्युआर प्रणालीमा भ्वाईस बक्स (इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत माछापुच्छ्रे बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।
class=’uk-width-3-4@m uk-first-column’>

बैंकका अनुसार शुक्रबार क्युआरमा भ्वाईस बक्स जडान गरि माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी मार्फत हुने जानकारी गराउँदछ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआरप्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यो सुविधाबाट हजारौँ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने बैंकले जानकारी दिएको छ । सो को प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने बैंकले लिएको छ । बैंकले हाल यो सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने जानकारी दिएको छ ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन र आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको देखिन्छ ।बैंक नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटट स्मार्ट बैंककोरुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्