प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा जाने

Share:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी वियोग पश्चात को पहिलो विदेश भ्रमणमा जाने भएका छन् । उनी संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन इटली जान लागेका हुन् ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेकाे बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने छन् । प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने बताइएकाे छ ।

 

कमेन्ट गर्नुहोस्