कामनपा वडा ३१को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

239
0
Share:

काठमाडौँ । काठमाडौँ महानगरपालिका को वडा नं ३१ ले आज नागरिक संग प्रत्यक्ष सम्बाद गर्दै सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रदेश संसद सुरजचन्द्र लामिछानेले मेलम्चीको पानी वितरणको व्यवस्था गर्दा हुने बाटोमा क्षती, सो को पुनर्निर्माण, ढल निकास, नागरिकका अल्पकालीन समस्या उपरको समाधान, बस्ति ब्यबस्थापन को बिषयमा बोल्नुभएको थियो भने पुर्व संसद गणेश दुलालले बागमती नदिका बगरमा बसेको बस्ति ब्यबस्थापन लगायतका बिषयमा वडाको ध्यानाकर्षण गराउनु भएको थियो ।

सोहि वडाका पुर्व वडाध्यक्ष नारायण भण्डारीबाट जनाताकोलागी सम्पादन हुने कार्यहरु छिटो छरितो हुनुपर्ने सुझाव आएको थियो भने वर्तमान वडाध्यक्ष सरोज ढकालले पानी ब्यबस्थापन, नदि छेउका बस्ति ब्यबस्थापन लगायतका बिषयमा बोल्दै नागरिकबाट उठेका प्रश्नहरु उपर धन्यवाद दिदै जायज र सम्भव हुने माग अबिलम्ब सम्बोधन गर्दै प्रतिबध्ता जनाए ।

कार्यक्रम संचालक समेत रहेका वडा सचिवले गत वर्ष वडाले सम्पन्न गरेका योजनाहरुको विवरण सार्वजनिक गर्दै नया आ.ब. को लागि तर्जुमा गरिएको बजेट तथा कार्य योजनाहरुको विवरण पेश गर्नुभएको थियो ।

सो अवसरमा सर्वसाधारण जनताको तर्फबाट सभामा सम्बोधन गर्दै नागरिक अगुवा सुदिश्न केसीले भने समयमै कार्यक्रमको जानकारी नभएको भन्दै वडाको कार्यशैलीउपर प्रश्न गरेका थिए भने अन्य बक्ताहरुले प्रयागमार्गमा बन्ने भनिएको आकाशेपुलको बारेमा जिज्ञासा राखेका थिए ।

 

 

कमेन्ट गर्नुहोस्