चन्द्रमा छुने दोश्रो प्रयासमा भारत

Share:

चार वर्ष पहिले चन्द्रमा छुने असफल प्रयास गरेको भारत फेरी चन्द्रमा छुने अभियानमा रहेको छ ।

भारतिय समाचार संस्था हिन्दुस्तानले उल्लेख गरेअनुसार भारतको अन्तरिक्ष संस्था इसरो ले पहिलाको भन्दा पनि कम लागतमा यो शुक्रबार चन्द्रमा पुग्ने उद्देश्यका साथ चन्द्रयान–३ नामक मानव रहित यान प्रक्षेपण गर्ने भएको छ । यसको उद्देश्य चन्द्रमामा अवतरण गरेर विभिन्न अध्ययन गर्ने रहेको छ ।

इसरोका निर्देशक यस सोमनाथका अनुसार प्रक्षेपण जुलाई १४ अर्थात २९ असार शुक्रबार नेपाली समय अनुसार अपरान्ह २ बजेर ५० मिनेटमा हुनेछ भने यान चन्द्रमामा अगष्ट महिनाको २३ वा २४ तारिकका दिन अवतरण गर्नेछ । यान अवतरणको समय चन्द्रमामा हुने सूर्योदय लाई आधार मानेर तय गरिएको भएतापनि गणनामा केही भुल भएको वा पाईएको खण्डमा एक महिना पश्चात अर्थात सेप्टेम्बर महिनामा मात्र अवतरण गराइने छ ।
हाल सम्म केवल अमेरिका, रुस र चिनले मात्र चन्द्रमामा सफलतापूर्वक यान अवतरण गराएका छन् ।

कमेन्ट गर्नुहोस्