ललिता निवास प्रकरणमा थप चार पक्राउ, भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक समेत हिरासतमा

Share:

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मंगलबार अपरान्ह भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रबहादुर श्रेष्ठ र भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्ण श्रेष्ठ समेत थप चार जना पक्राउ परेका छन्।

विजयकुमार गच्छदार भौतिक पूर्वाधार मन्त्री भएको समयमा इन्जिनियरका रूपमा श्रेष्ठ उक्त मन्त्रालयमा कार्यरत थिए। बालकृष्ण श्रेष्ठलाई बबरमहल र रूद्रबहादुर श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरिएको सीआईबी श्रोतले जनाएको छ।

उनीहरूअघि मंगलबार नै तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र काठमाडौंबाट पक्राउ परेका थिए।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

कमेन्ट गर्नुहोस्