
पाइलटसहित ६ जनाको मृत्यु हुने गरी मंगलबार बिहान सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना छानबिनका लागि समिति बनाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति बनाएको हो।
दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव पोष्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको छ।
कमेन्ट गर्नुहोस्







