काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन भएको छ । खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।
हेलिकप्टरमा पाँच जना विदेशी नागरिक सहित ६ जना यात्रु रहेका थिए । उडान लगत्तै बिहान १० बजेर १ मिनेटमा सम्पर्कमा आएपनि त्यसपछि सम्पर्क विहीन हुन पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । अहिले वेपत्ता हेलिकप्टरको खोजि कार्य भइरहेको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्