देशभरका सरकारी खाता रोक्का, आ.ब. समाप्तीको चरणमा कार्यालयहरु

Share:

काठमाडौँ । आज देखि सबै सरकारी खाता रोक्का भएको छ। महालेखा नियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो।

महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्री रमण खनालले जानकारी दिए अनुसार महालेखाले यही असार १० गते सूचना जारी गरि सुचित गराए अनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द गराइएको छ जसका कारणले गएको रातिदेखि कुनै पनि रकम भुक्तानी हुने छैन तर राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक भने आज पनि साटिन सक्नेछन्। कानुन अनुसार सोमबारदेखि नयाँ चेक जारी गर्न भने नपाइने हुन्छ।

प्रदेश र स्थानीय तहको प्रणालीबाट करिब एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ।

कमेन्ट गर्नुहोस्