प्रतिनिधिसभाको बैठक पुन: स्थगित, सोमबारलाई बोलाइयो

Share:

आज बस्संने भनिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ। संसद सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको जनाएको हो। यसअघि प्रधानमन्त्रीको आग्रहमा दिउँसो १ बजेलाई तय बैठक ३ बजेलाई सारिएको थियो।

अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताबीच आज छलफल भएको थियो जसमा प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे प्रस्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको मागका विषयमा छलफल गर्नुपर्ने भएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्