प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो, संभवत संसद गतिरोध हट्ने

Share:

काठमाडौँ । आज १ बजे बोलाइएको प्रतिनिधि सभा को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा दुई घण्टा पछि सारिएको छ । अब प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

शीर्ष नेताहरुबीच छलफल भइरहेकै समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन मार्फत बैठक दुई घण्टा सार्न आग्रह गरेका थिए भने प्रतिउत्तरमा सभामुखले बैठकले सार्थकता पाई संसद अवरोध खुल्ने बाताबरण बनोस भनि शुभकामना दिएको थाहा भएको छ ।

अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री सहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्