बैंकर अनिल केशरी शाह रास्वपामा सामेल

Share:

नेबिल बैंकका पुर्व प्रमुख अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। आज पार्टीको वार्षिक उत्सवको अवसर पारेर  उनलाई रास्वपामा प्रवेश गराइएको हो।

आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको रास्वपाले जनाएको छ।

वार्षिक उत्सवको अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि चियापान कार्यक्रम समेत आयोजना गरेको छ।

कमेन्ट गर्नुहोस्