
काठमाडौँ । काठमाडौं महानगरपालिकाले यही साउन १ देखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाउने भएको छ । मेयर बालेन्द्र शाहले बुधबार आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाउने जानकारी दिएका हुन् ।
‘संवत् २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, विक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने भन्ने बिषय नीति तथा कार्यक्रममा उल्लेख छ ।
सवारी साधनहरूको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारी साधनहरुलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने, महानगरपालिका क्षेत्रभित्रका नदीनालाहरूको नियमित सरसफाई गर्न ‘नदी सरसफाई स्वर्णीम योजना’का रुपमा सञ्चालन गरिने मेयर शाहले बताए।
काठमाडौं महानगरपालिकालाई आवश्यक पर्ने सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने नीति र सरसफाई कार्यमा प्रयोग हुने आवश्यक सवारी साधन तथा उपकरणहरुको पर्याप्त व्यवस्था गरिने समेत जनाइएको छ ।
यस्तो छ पूर्णपाठ
https://drive.google.com/file/d/1LZJSeDLLEgoVHHO26Y-5_mvdleQ8_bAS/view







