चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री र चिनियाँ समकक्षीबीच साढे सात घण्टा वार्ता

Share:

४ असार, काठमाडौं । चिनिया राजधानी बेइजिङ पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र चिनिया समकक्षी क्वीन गाङ बीच भएको साढे सात घण्टा लामो वार्ता आपसी सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल हुने अपेक्षा अमेरिकी कूटनीतिज्ञहरूले गरेका छन् भने वार्ता निकै रचनात्मक ढंगले भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

आइतबार बेइजिङ पुगेका ब्लिंकेनले समकक्षी क्वीनसँग सरकारी आवासमा साढे पाँच घण्टा वान–टु वान वार्ता गरेका थिए भने रात्रिकालीन भोजमा थप दुई घण्टा वार्ता गरेका थिए ।
चिनिया समाचार संस्थाहरुका अनुसार अमेरिकी विदेशमन्त्री ब्लिंकेनले अमेरिका आफ्नो जनताको हित तथा मूल्य र मान्यताको रक्षाका लागि आफ्ना सहयोगीसँग सहकार्य गर्दै अघि बढ्ने तथा स्वतन्त्र, खुला र अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाको प्रतिरक्षामा अमेरिकाले सहकार्य गर्ने बताएका थिए भने चिनियाँ पक्षले वाणिज्य, शिक्षा तथा सांस्कृतिक सहकार्यबारे खुलेर कुरा राखे पनि ताइवान मामिलामा अनावश्यक हस्तक्षेप नगर्न विगतमाझैं चेतावनी दिएको उसको समाचारमा उल्लेख छ । चीन र अमेरिकाको कूटनीतिक सम्बन्ध सन् १९७९ यताकै न्युन विन्दुमा पुगेको बताउदै ताइवान मामिलामा अमेरिकी नीतिले दुई मुलुक बीचको सम्बन्धमा दरार पैदा गरेको बताएका थिए ।

अमेरिकी संस्थाहरुका अनुसार अमेरिकी प्रमुख एजेण्डानै चीनसँगको तनावपूर्ण सम्बन्धको सुधार हो । संवादमार्फत नै सबै असझदारीको समाधानका लागि अमेरिकाले यसपटक पहल गर्ने छ । ब्लिंकेनले सुरक्षा मामिलामा तर्फ चीनले एशिया, अफ्रिका तथा मध्यपूर्वमा स्थापना गर्न खोजेको सैन्य क्याम्पबारे चासो राख्ने छ भने रूसलाई जारी राखेको हतियार सहयोगबारे कडा निन्दा गर्ने र चीनले नियन्त्रणमा लिएका अमेरिकीलाई रिहा गर्न अपिल गर्ने बताइएको छ ।

आइतबार आ–आफ्ना एजेण्डामा अडिग रहेको वार्ताले केही उल्लेखनीय परिणाम निकाल्न सकेको छैन भने सोमबार हुने वार्ताको परिणामले सी र ब्लिंकेनबीचको भेटको निधो गर्ने बताइएको छ । सी र ब्लिंकेनको भेट सन् २०११ यता भएको छैन ।

कमेन्ट गर्नुहोस्