७ किलो चरेस सहित विमानस्थलबाट जर्मन नागरिक पक्राउ

Share:

काठमाडौँ । काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोग्राम लागुऔषध चरेससहित एक जना जर्मन नागरिक पक्राउ परेका छन्।

विमानस्थल प्रहरीले जनाए अनुसार  बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्सटले बोकेको सुटकेसबाट ६ किलो ८६० ग्राम चरेस बरामद भएपछि उनलाई पक्राउ गरेर लागुऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको हो। उनले ठूलो सुटकेसभित्र अरू दुईवटा सुटकेस हाली कपडासँगै कालो कार्बनले बेरेर चरेस लैजान लागेका थिए।

कमेन्ट गर्नुहोस्