
काठमाडौँ, २१ जेठ । संयुक्यत राज्य अमेरिकाले जुन महिनाको १७ तारिख देखि लागू हुनेगरी भिसाहरूको आवेदन शुल्कमा वृद्धि गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क वृद्धि भएको हो ।
दुताबासका अनुसार भिसाको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने भएको छ भने पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर र ई-भिसा आवेदन शुल्क २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछ ।
कमेन्ट गर्नुहोस्







