
नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ। आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापवाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ।
कमेन्ट गर्नुहोस्








