महुली लघुवित्तको लाभांश घट्यो

Share:

महुली लघुवित्त वित्तीय संस्थाले पनि प्रस्तावित लाभांश घटाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश घटाएको हो।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

राष्ट्र बैंकको निर्देशनपछि संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश यसअघि प्रस्तावित लाभांशभन्दा १० प्रतिशत कम हो।

संस्थाले उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो। तर, राष्ट्र बैंकले चैत १० गते पत्र पठाउँदै चुक्तापुँजीको अधिकतम १५ प्रतिशतमात्रै लाभांश वितरण गर्न संस्थालाई निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम संस्थाले लाभांश घटाएको हो। अब प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

कमेन्ट गर्नुहोस्