क्रिकेट खेलाडी आसीफ र आरीफलाई विरगंज महानगरले मोटरसाइकल दिने

Share:

वीरगंज महानगरपालिकाले राष्ट्रिय क्रिकेट टिमका ओपनिङ्ग ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई प्रोत्साहनस्वरुप एक–एक थान मोटरसाइकल प्रदान गर्ने भएको छ । वीरगंजका उनीहरु सहोदर दाजुभाइ हुन् ।

आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले थप प्रोत्साहन र हौसला स्वरुप वीरगंज महानगरपालिकाको तर्फबाट यामाहा मोटरसाइकल एक÷एक थान प्रदान गर्ने घोषणा गरेका हुन् ।

आसिफ र आरिफसमेत संलग्न नेपाली राष्ट्रि क्रिकेट टिमले बिहीबार यूएईविरुद्ध कीर्तिमानी जित निकाल्दै जिम्बाबेमा हुने विश्वकम छानोटमा स्थान बनाएको छ । आईसीसी विश्वकम लिग टू अन्तर्गत पछिल्लो पटक भएका १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप छनोटमा पुगेको हो ।

कमेन्ट गर्नुहोस्