आईसीसी यू–१९ विश्वकप क्रिकेट : नेपालको लगातार चौथो जित

123
0
Share:

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको जित दर्ता गरेको छ । मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको हो ।

९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाए । मलेसियाका तर्फबाट १४ रन एक्सट्रा बनाए ।

टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए । ओपनर हैरिल हरिसनले १२ रन बताए । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गरे ।

नेपालका लागि स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए । मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १ विकेट लिए । नेपालका लागि यो लगातार चौथो जित हो ।

कमेन्ट गर्नुहोस्