कान्तिपुर सेभिङसहित ६ सहकारी कालोसूचीमा

271
0
Share:

कर्जा सूचना केन्द्रले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभसहित ६ सहकारी कालोसूचीमा राखेको छ । गत भदौदेखि नै बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई कालोसूचीमा राखेको हो ।

संस्था कालो सूचीमा परेसँगै कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालक चन्द्र ज्योति कोइराला, देवसागर लामा र पुष्पराज कोइरालालाई केन्द्रले कालोसूचीमा समावेश गराएको हो ।

त्यसैगरी चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुउद्देश्यीय को अपरेटिभ र शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभ कालोसूचीमा परेका छन् ।

कर्जा सूचना केन्द्रले पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चलकहरु धन बहादुर अधिकारी, मुना तिवारी, सरस्वती शर्मा, कमला बस्नेत, नेत्र कुमार गिरी, प्रेम कुमारी भुजेल, रेनुका भुजेल र सनिप कुमार भुजेललाई कालोसूचीमा राखेको छ।

त्यसैगरी, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा रञ्जना खड्का, सन्तोष प्रधान र युव बहादुर कार्की रहेका छन् ।
त्यस्तै, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, भरत प्रसाद धिताल, जीवन थापा, र राम कुमार उप्रेतीलाई केन्द्रले कालोसूचीमा राखेको छ ।

केन्द्रका अनुसार शिव शिखर बहुउद्देश्यीय को अपरेटिभका सञ्चालकमा लिलानाथ गौतम र सुशिल बाँनिया रहेका छन् । त्यस्तै, शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभका सञ्चालकमा हरि बशिष्ठ भट्टराई, हिमाल राई, पद्मालिम्बु, प्रताप राई, रोजिना कोइराला र सञ्जु अवालेलाई कालोसूचीमा राखिएको कर्जा सूचना केद्रले जनाएको छ।

पछिल्लो समयमा कालो सूचीमा पर्ने सहकारीहरुको संख्या बढ्दो छ । सदस्यहरुलाई बचत फिर्ता गर्न नसक्दा पनि कालो सूचीमा पर्ने सहकारीहरु बढ्दो छ ।

कमेन्ट गर्नुहोस्