सिभिल बैंकबाट बाहिरिएका सुनिल पोखरेल विदेशी बैंकको सीईओ बन्दै

215
0
Share:

सिभिल बैंकबाट स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् ।

उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् । पोखरेल बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन् ।

हिमालयन बैंकले फागुन १२ गते सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्दैछ । त्यसैले सिभिल बैंकका उच्च तहका ८ जना कर्मचारी भिआरएसमा बाहिरिएका हुन् ।

कमेन्ट गर्नुहोस्