
काठमाडौंको पुरानो बसापार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन्। भेटुवाललाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा यसअघि पनि उनी तानिएका थिए। ‘क’ वर्गका ठेकेदार भेटुवाललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो।
भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको यसअघि नै अनुसन्धानबाट खुलेको थियो।
कमेन्ट गर्नुहोस्








