फागुन १४ बाट ‘महिन्द्रा केयर फेस्ट’ हुने

148
0
Share:

महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट–२०२३ आयोजना गर्ने भएको छ।

यस ४५–प्वइन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १०% छुट र स्पेयर पार्टसमा ५०% सम्म छुट तथा एक्सेसरिजमा २५% सम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन्।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ।

यसका साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ्र।

यसैगरी महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नुपरेमा आकर्षक अफर पनि ल्याएका छ। यो सेवा काठमाण्डौ, भैरहवा र इटहरीमा उपलब्ध छ।

कमेन्ट गर्नुहोस्