
किसान लघुवित्तले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार (फागुन ९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
कमेन्ट गर्नुहोस्