
सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको वार्षिक सभा आगामी चैत ४ गते दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरीमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
साधारणसभामा संस्थाले गत आर्थिक वर्षका प्रस्तावित ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ ।
त्यसैगरी, सभाले अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्