
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । फागुन ८ गतेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको हो ।
त्यसअघि बैठकले राठीसँगै दिनेश भारीलाई सञ्चालकमा नियुक्त गरेको थियो । राठी र भारी एनआईसी एसिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । फागुन ५ गतेदेखि नै लागू हुने गरी बाँकी कार्यकालका लागि राठी र भारीलाई सञ्चालकमा नियुक्त गरिएको हो ।
कमेन्ट गर्नुहोस्