‘हाम्रो पात्रो’ को डिजिटल वालेट ‘हाम्रो पे’ सार्वजनिक

237
0
Share:

लोकप्रिय माेबाइल एप ‘हाम्रो पात्रो’ ले आफ्नाे नयाँ डिजिटल वालेट ‘हाम्रो पे’ सार्वजनिक गरेकाे छ । शुक्रवार काठमाण्डाैमा एक कार्यक्रम आयाेजना गर्दै ‘हाम्राे पात्राे’ ले डिजिटल वालेट ‘हाम्राे पे’ सार्वजनिक गरेकाे हाे ।

डिजिटल कारोबारलाई प्रोत्साहन र सेवाग्राहीलाई पैसाको कारोबार गर्दा हुने असजिलोलाई सहज गराउने उद्देश्यले यो सेवा सुरु गरेको ‘हाम्रो पात्राे’ की प्रबन्ध निर्देशक सुदिना गौतमले बताए। एप प्रयाेगकर्ताले अनलाइन भुक्तानी प्रणालीकाे आवश्यकता महसुस गरेकाले त्यसलाई आभास गरेर आफ्नै डिजिटल वालेट सार्वजनिक गरेकाे उनकाे भनाइ छ ।

‘डिजिटल युगमा डिजिटल पेमेन्ट सिस्टमबाट काम गर्दा धेरै सजिलो हुन्छ । क्यासलेस युग र पैसा नहुँदा हुने झनन्झटबाट मुक्त हुन ‘हाम्रो पे’ को शुभारम्भ भएको हो’ , उनले भने ।

‘हाम्रो पे’ मा रहेको बिल स्प्लिट फिचरबाट धेरै प्रयोगकर्ताले एउटा बिल शेयर गरेर तिर्न सक्छन् । यसबाट विभिन्न विष्यमा हुने खर्च विवरण राख्न र हेर्न मिल्ने मिल्छ । यसभित्र रहेको आक्स मनी फिचरबाट अरूसँग पैसा माग्न मिल्छ । बिल भुक्तानी गर्न मिल्ने लगायतका विभिन्न डिजिटल कारोबार पनि गर्न सकिन्छ ।

यसमा एकचोटि कारोबार भइसकेको खातामा अफलाइन पेमेन्ट पनि गर्न मिल्छ । पैसाको कारोबार भएको मिति नेपालीमै हेर्न मिल्छ । कसैलाई पैसा तिर्ने र अरूसँग लिने बेला भएपछि सम्झाउने विशेषता पनि यसभित्र छ । ‘हाम्रो पे’ बारे कुनै समस्या आएमा २४ घण्टा सोधपुछ गर्ने सुविधा पनि यसमा छ ।

‘हाम्रे पे’ प्रयोग गरेपछि पैसाको व्यवस्थापनमा सहजीकरण हुने हाम्रो पात्रोका अध्यक्ष रुद्रराज पाण्डेले बताउनुभयो । ‘हाम्रो पे’ प्रयोग गर्दा उपभोक्तालाई सहज गराउन नेपाली, अङ्ग्रेजी, नेपाल भाषा, मैथिली, डोटेली र थारु भाषाको प्रयोग गरिएको छ ।

‘हाम्रो पात्रो’ मा नेपाली चाडपर्वको बारेमा जनकारी, तीन सयभन्दा धेरै नेपाली रेडियो सुन्न र समाचार पढ्न मिल्ने, नेपाली विनिमय दर र सुन चाँदीको दैनिक मूल्य, राशिफल र कुण्डली हेर्न मिल्नेलगायतका अरू धेरै सुविधा पनि छन् ।

कमेन्ट गर्नुहोस्