शरीरमा आगो लगाएर फेरि अर्की महिलाले गरिन् आत्मदाह

97
0
Share:

सप्तरीमा एक जना महिलाले आत्मदाह गरेकी छन् । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साहले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह रहेकी हुन् ।

घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र पसेर आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

उनले शरीरमा आगो लगाउनुको कारण भने अझै खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्